Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी


२१ असार, एजेन्सी । पाकिस्तानको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ ।

पाकिस्तानको तथ्याङ्क विभाग (पीबीएस) का अनुसार आर्थिक वर्ष २०२२/२३ को जुलाईदेखि जुनको अवधिमा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको हो ।

यो अवधिमा व्यापार घाटा २७ अर्ब ५४ करोड ७० लाख अमेरिकी डलर रहेको छ भने सन् २०२१/२२ को सोही अवधिमा व्यापार घाटा ४८ अर्ब ३५ करोड ४० लाख अमेरिकी डलर रहेको थियो ।

सन् २०२२/२३ को उक्त अवधिमा पाकिस्तानबाट २७ अर्ब ७४ करोड ४४ लाख अमेरिकी डलरको निर्यात भएको थियो भने गत आर्थिक वर्षमा ३१ अर्ब ७८ करोड २० लाख डलरको निर्यात भएको थियो । यो १२ दशमलव ७१ प्रतिशतले ऋणात्मक वृद्धि हो ।

अर्कोतर्फ, दक्षिण एसियाली मुलुक पाकिस्तानको आयातमा ३१ प्रतिशतले कमी आएको छ, जुन आर्थिक वर्ष २०२१/२२ मा ८०.१३६ बिलियन अमेरिकी डलरबाट घटेर २०२२/२३ मा ५५.२९१ बिलियन अमेरिकी डलरमा झरेको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?