Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

क्याटालोनियाका तीन सांसदले उठाएको उन्मुक्तिको मुद्दा इयु अदालतद्वारा खारेज


२१ असार, एजेन्सी । युरोपेली सङ्घ (इयू) को अदालतले स्पेनको अनुरोधमा क्याटालोनियाका तीन सांसदले युरोपेली संसद्लाई दिएको चुनौतीलाई बुधबार खारेज गरिदिएको छ ।

अदालतले कार्लेस पुइग्डेमोन्ट, टोनी कोमिन र क्लारा पोन्साटीले सन् २०२१ को संसदको निर्णयलाई प्रभावकारी रुपमा पुष्टि गर्दै दायर गरेका सबै निवेदन खारेज गरेको जनाएको छ ।

म्याड्रिडले प्रतिबन्धित क्याटलन जनमत संग्रह र स्पेनको दशकौंको सबैभन्दा खराब राजनीतिक सङ्कट निम्त्याउने स्वतन्त्रता प्रयास असफल भएपछि युरोपेली सङ्घका सांसदहरूले उनीहरूविरुद्ध कानुनी कारबाही गर्न सक्ने निर्णय चाहेको थियो ।

बुधबारको फैसलापछि जनमत सङ्ग्रहका क्रममा निर्वासनमा भागेका क्याटलोनियाली नेता पुइग्डेमोन्टले तत्काल अपिल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोन्मिन र पोन्साटी पनि बेल्जियममा स्व–निर्वासन समाप्त भएपछि विदेश भागेका छन् । पुइगडेमोन्ट र कोमिन सन् २०१९ को मे महिनामा युरोपेली संसद्मा निर्वाचित भएका थिए भने पोन्साटी सन् २०२० को फेब्रुअरीमा निर्वाचित भएका थिए ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?