Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सिचुआनमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी प्रभावित


१९ असार ,चेङ्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले मङ्गलबार जनाए अनुसार सो प्रान्तका ८५ हजारभन्दा बढी स्थानीय बासिन्दाहरूलाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ।

भारी वर्षाको समयमा जनताको जीवन रक्षा गर्न प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले सामाजिक सञ्जाल प्लेटफर्म र आफ्नो वेबसाइट मार्फत जनतालाई पूर्व चेतावनी पठाएको छ।

साथै गस्ती कार्य र वास्तविक-समय वर्षाको अनुगमनलाई पनि चुस्त बनाएको बताइएको छ । यसअघि सिचुआनले २६ वटा काउन्टी-स्तर क्षेत्रहरू समावेश गर्दै बाढीको उच्च जोखिम रहेको भन्दै पहेंलो चेतावनी जारी गरेको छ ।

साथै चीनले भूवैज्ञानिक प्रकोपहरू जनाकारी सम्प्रेषण गर्न चार किसिमका रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली विकास गरेको छ ।

सो प्रणाली अन्तर्गत रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्छ भने त्यसपछि सुन्तला, पहेंलो र नीलो रङ्गले क्रमशः कम खतराको प्रतिनिधित्व गर्छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?