Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

श्रीलङ्कालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त


१९ असार ,कोलम्बो । श्रीलङ्काले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ । श्रीलङ्काका अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले मङ्गलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन् ।

कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिङ्घेले विश्व बैंकले श्रीलङ्काका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका छन् ।

सो कम मध्ये पाँच सय मिलियन डलर लचिलोपन, स्थिरता र आर्थिक परिवर्तन विकास नीति सञ्चालनका लागि विनियोजन गरिएको छ ।

यसबाट आर्थिक सुशासनमा सुधार, वृद्धि र प्रतिस्पर्धात्मकता बढाउने र गरिब र कमजोरहरूलाई संरक्षण गर्ने सुधारहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

राज्यमन्त्री सेमासिङ्घेले यो कोषले देशलाई बृहत् आर्थिक स्थायित्व र दिगोपन पुनस्र्थापना गर्ने, गरिबी र जोखिममा परेका प्रभावलाई न्यूनीकरण गर्ने बताएका छन् ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?