Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

लुम्बिनीमा ८०० किलोमिटर सडक कालोपत्र, ८१ वटा मोटरेवल पुल बने


१९ असार, लुम्बिनी । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५÷७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार एक हजार ६८ किलोमिटर सडक ग्राभेल र एक हजार नौ सय ६४ किलोमिटर सडक कच्ची छ । प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी सडक निर्माण, मर्मत र स्तरोन्नतिको काम अघि बढाएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । उनका अनुसार कृषि सडक, पर्यटनस्थल एवं उद्योगस्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक कार्यक्रम, प्रदेश गौरबका सडक तथा प्रदेशका प्रमुख राजमार्ग निर्माण एवं स्तरोन्नतिबाट ग्रामीण–सहरी आवद्धता र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सदरमुकाम पक्की सडक सञ्जालले जोडिएका मन्त्री मास्कीले बताए । लुम्बिनीमा हालसम्म कच्ची, ग्राभेल र कालोपत्र गरी नौ हजार पाँच सय ९४ किलोमिटर सडक छ ।

८९ मोटरेवल पुल

लुम्बिनीमा पछिल्लो वर्षमा ८९ मोटरेवल पुल निर्माण भएका छन् । त्यस्तै प्रदेश भरि २६ झोलंङ्गे पुल निर्माण भएका छन् । चालु आवमा मात्रै १७ मोटरेवल पुल र तीन झोङ्गे पुल निर्माण भएका छन् । लुम्बिनीमा चालु आवमा दुई सय ४८ मेगावाट विद्युत् उत्पादन भएको छ । प्रदेशमा तीन हजार मेगावाट विद्युत् उत्पादनको क्षमता रहेको मन्त्री मास्कीले बताए ।

त्यस्तै लुम्बिनीमा ९८.३२ प्रतिशत जनसङ्ख्या विद्युतको पहुँचमा पुगिसकेका छन् । रोल्पा र रुकुम पूर्व सबै भन्दा कम विद्युतीकरण भएका जिल्ला हुन् । लुम्बिनीमा परम्परागत ऊर्जाको प्रयोग गर्ने जनसङ्ख्या ५६.४ प्रतिशत रहेको छ, भने अन्य वैकल्पिक स्रोत प्रयोग गर्ने ४३.६ प्रतिशत रहेका छन् ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?