Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


१९ असार, काठमाडाैँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु छ र तेस्रो वर्गमा रु पाँचले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर रु एक सय ७५ थियो ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा रु एक सय ४९ र तेस्रो वर्गका क्षेत्रमा रु एक सय ५० निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु १४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?