Trending
>>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

महासङ्घ र परिसङ्घबीच आर्थिक विकासका विषयमा छलफल


१८ असार ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

महासङ्घले आज परिसङ्घका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका नेतृत्वले सहकार्यमा जोड दिएका हुन्।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेकाले दुई संस्थाबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने, “हामीले विगतमा पनि सहकार्य गरेर सुखद् नतिजा ल्याउन सफल भएका थियौँ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ ।”

अध्यक्ष ढकालका अनुसार महासङ्घ, परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले आर्थिक क्षेत्रमा सकारात्मक सन्देश दिनेछ ।

यसैगरी परिसङ्घका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाबीच सहकार्य आवश्यक रहेको बताए । महासङ्घको स्वागतका लागि धन्यवाद व्यक्त गर्दै उनले भने, “हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।”

परिसङ्घको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसङ्घ र महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?