Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


१८ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव १७ अङ्कले ओरालो लागेर तीन सय ८६ दशमलव ३५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल ९४ लाख १८ हजार नौ सय ५२ कित्ता शेयर रू चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रू २३ करोड ९४ लाख ४५ हजार सात सय ८५ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटल रू २० कोड ९४ लाख ३९ हजार दुई सय ८५, नागरिक लगानी कोष रू २० करोड ३३ लाख २५ हजार पाँच सय ५४, शिवम् सिमेन्ट रू १८ करोड १८ लाख दुई हजार, एनएलजी इन्स्योरेन्स कम्पनी रू १४ करोड नौ लाख ९० हजार एक सय २२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सिवाइसीएल नेपाल लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सिटी होटल नौ दशमलव ९८, चन्द्रागिरी हिल्स तीन दशमलव ६८ र एनएलजी इन्स्योरेन्सका लगानकिर्ताले दुई दशमलव ८१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, लक्ष्मी इक्विटी फण्ड आठ दशमलव ९५, सामुदायिक लघुवित्त सात दशमलव १३, पाँचथर पावर कम्पनी छ दशमलव शुन्य एक, सयपत्री हाइड्रोपावर पाँच दशमलव ४१ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले चार दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?