Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

युएईले नेपालाई जितको लागि १८२ रनको लक्ष्य दियो


१७ असार ,काठमाडौँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो ।

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् । त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे ।

बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?