Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि पुलिस क्लबकी राममायालाई


१६ असार ,काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा भएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छन् ।

उनले एक घन्टा २६ मिनेट नौ सेकेन्डमा २१ किलोमिटर दूरी पार गर्दै उपाधि उचालेकि हुन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकको रङ्गशालाबाट सुरु भएको म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउन्डबाट सोही रुट फिर्ता हुँदै स्टार अस्पताल सानेपा, बल्खु, कलङ्की, सीतापाइला, कारखानाचोक भई पुनः हल्चोक रङ्गशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले रु एक लाख प्राप्त गरेकी छन् । दोस्रो हुने नेपाल एपिएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले एक घन्टा २७ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गरी रु ७५ हजार तथा तेस्रो हुने त्रिभुनव आर्मी क्लबकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले एक घन्टा २७ मिनेट ५० सेकेन्डमा पार गरी रु ५० हजार पुरस्कार जितेका छन् ।

चौथो हुने नेपाल एपिएफ क्लबकी आशा राउतले एक घन्टा ३२ मिनेट १८ सेकेन्डमा पार गरी रु २५ हजार र पाँचौँ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले एक घन्टा ३२ मिनेट २८ सेकेन्डमा पार गर्दै रु १५ हजार प्राप्त गरेकी छन् ।

उपाधि हासिल गर्ने धावकहरूलाई आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । प्रतियोगितमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय तथा देशैभरका महिला धावक गरी कुल ४२ महिलाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?