Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि पुलिस क्लबकी राममायालाई


१६ असार ,काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा भएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छन् ।

उनले एक घन्टा २६ मिनेट नौ सेकेन्डमा २१ किलोमिटर दूरी पार गर्दै उपाधि उचालेकि हुन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकको रङ्गशालाबाट सुरु भएको म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउन्डबाट सोही रुट फिर्ता हुँदै स्टार अस्पताल सानेपा, बल्खु, कलङ्की, सीतापाइला, कारखानाचोक भई पुनः हल्चोक रङ्गशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले रु एक लाख प्राप्त गरेकी छन् । दोस्रो हुने नेपाल एपिएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले एक घन्टा २७ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गरी रु ७५ हजार तथा तेस्रो हुने त्रिभुनव आर्मी क्लबकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले एक घन्टा २७ मिनेट ५० सेकेन्डमा पार गरी रु ५० हजार पुरस्कार जितेका छन् ।

चौथो हुने नेपाल एपिएफ क्लबकी आशा राउतले एक घन्टा ३२ मिनेट १८ सेकेन्डमा पार गरी रु २५ हजार र पाँचौँ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले एक घन्टा ३२ मिनेट २८ सेकेन्डमा पार गर्दै रु १५ हजार प्राप्त गरेकी छन् ।

उपाधि हासिल गर्ने धावकहरूलाई आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । प्रतियोगितमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय तथा देशैभरका महिला धावक गरी कुल ४२ महिलाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?