Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी


१४ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताए ।

उनले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउण्टेनको काम महत्त्वपूर्ण हुँदै गएको बताए । उनले चार्टर्ड एकाउण्टेन पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताए ।

‘‘प्रविधिको विकाससँगै कार्यालयहरुमा चार्टर्ड एकाउण्टेनको काम महत्त्वपूर्ण हुँदै गइरहेको छ । विश्वव्यापीकरण परिवर्तनहरू चलिरहेको छ । हामीलाई आज थाहा भएको कुराले भोलि काम नगर्न सक्छ, त्यसैले हामीले आफ्नो पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा पुनः परिभाषित गर्ने अवसरको रूपमा परिवर्तन गर्दै लैजानुपर्छ ।,’’ गभर्नर अधिकारीले भने, ‘‘यसबाहेक व्यवसायको विश्वव्यापी प्रकृतिको अर्थ भनेको चार्टर्ड एकाउण्टेन्सी अन्तर्राष्ट्रिय सन्दर्भमा बढ्दो रूपमा अपग्रेड हुँदै गइरहेको छ । विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने आफ्नो क्षितिज फराकिलो बनाउन यो अवसर हेर्नुपनि उत्तिकै महत्त्वपूर्ण छ । नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रश्तुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेशाको लागि राम्रो र सम्भावना छ ।’’

उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड एकाउण्टेनको विकास र विस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताए ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?