Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

श्रीलङ्काको मन्त्रिपरिषद्ले अनुमोदन गर्यो घरेलु ऋण पुनर्संरचना योजना


१४ असार, एजेन्सी । श्रीलङ्काको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ।

घरेलु ऋण पुनर्संरचना कार्यक्रम अर्थ मन्त्रालयले प्रस्ताव गरेको र मन्त्रिपरिषद्को विशेष बैठकले सर्वसम्मतिले स्वीकृत गरेको पीएमडीले बताएको छ ।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले ऋण पुनर्संरचना प्रक्रियाले बैंकिङ प्रणालीको स्थायित्वमा असर नगर्ने बताएका छन् । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले यसअघि संसद्मा घरेलु ऋणको पुनर्संरचना गर्दा स्वदेशी ऋणीले लगानीमा पनि घाटा ब्यहोर्न बाध्य नहुने बताएका थिए । सियामबालापिटियाले ऋणमा अल्पकालीन रोक, ब्याज घटाउने र भुक्तानीमा ढिलाइ पनि घरेलु ऋणको पुनर्संरचना गर्ने उपाय हुनसक्ने बताएका छन् ।

श्रीलङ्काले अप्रिल २०२२ मा विदेशी ऋण तिर्न निलम्बनको घोषणा गर्योत, जब यो स्वतन्त्रता पछिको सबैभन्दा खराब वित्तीय संकटबाट प्रभावित भएको थियो । श्रीलङ्काले यसअघि नै अन्तरराष्ट्रिय मुद्रा कोषसँगको कार्यक्रमलाई ध्यानमा राख्दै आफ्नो बाह्य ऋणको पुनर्संरचना गर्न थालिसकेको छ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?