Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

म्यान्मार हवाई हमलामा १० सर्वसाधारणको मृत्यु


१४ असार, एजेन्सी । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् ।

म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पुर्याएको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ ’पिपुल्स डिफेन्स फोर्सेज’सँग लडिरहेको छ ।

अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीहरूको सामूहिक सजायको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा मङ्गलबार अपराह्न एक सैनिक विमानले तीनवटा बम खसालेको उक्त गाउँका विद्रोही लडाकू को जाउ तुनले जानकारी दिए ।

उनले सेनाको आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको र आठ जना घाइते भएको बताए । “त्यहाँ कुनै झगडा भएको थिएन, तर उनीहरू गाउँमा बम विस्फोट गर्न आएका थिए,” उनले एएफपीसँग भने ।

आक्रमणमा ११ घर ध्वस्त भएका स्थानीयले बताएका छन् । न्याउङ कोनका एक बासिन्दाले एएफपीलाई बताएअनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

उनले र अन्य स्थानीयले सोही साँझ मृतकको अन्त्येष्टि गरिएको बताउँदै सेनाले प्रतिशोध लिने डरले समाचारमा आफ्नो नाम प्रयोग नगर्न आग्रह गरे । उनले भने,“सेनाको नयाँ अबको योजना के हो हामीलाई थाहा छैन । त्यसैले हामीले जतिसक्दो चाँडो उनीहरूको अन्त्येष्टि गर्यौं ।”

बिबिसी बर्मेली र अन्य स्थानीय सञ्चारमाध्यमले पनि हवाई आक्रमणभएको जानकारी दिएका छन् भने केही सञ्चारमाध्यमले नौ जनाको मृत्यु भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा मानिसहरूले भग्नावशेष र भग्नावशेषमा रहेको एउटा ठूलो भवनको आगो निभाउने काम गरिरहेको देखिएको छ ।

एएफपीका डिजिटल भेरिफिकेसन रिपोर्टरहरूले ती तस्बिरहरू मङ्गलबारसम्म अनलाइनमा नआएको पुष्टि गरेका छन् । ‘कू’ सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि सेनाले आफ्नो शासनको प्रतिरोधलाई दबाउने कठिन लडाइ गरिरहेको छ ।

विशेषज्ञहरू भन्छन्, “जमीनमा तीव्र विरोधको सामना भएपछि सेनाले गोलावारूद आक्रमण र हवाई शक्तिको सहारा लिइरहेको छ ।” संयुक्त राष्ट्रसङ्घले गत वर्ष सेनाले ३०० भन्दा बढी हवाई आक्रमण गरेको बताएको थियो ।

सागाइङ जुन्टा विरोधी प्रतिरोधको हटस्पटको रूपमा देखा परेको छ । गत अप्रिलमा सेनाले सागाइङमा भएको एक भेलामा बम प्रहार गरेको थियो जसमा मिडिया र स्थानीयले करिब १७० जनाको ज्यान गएको बताएका थिए ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?