Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

रूस वाग्नर तनावलाई व्यवस्थापन गर्न चुकेको लुकाशेन्कोको आरोप


१३ असार, एजेन्सी । बेलारूसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोले मस्कोको सेना र रूसमा विद्रोह गर्ने वाग्नर भाडाको समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बताएका छन् ।

आफ्ना रूसी सहयोगी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि मध्यस्थता गरेको तीन दिनपछि लुकासेन्कोले उक्त कुरा बताएका हुन् ।

वाग्नर र रूसी सेनाबीचको विवाद महिनौँसम्म चर्किरहेको थियो र भाडाका सेनाका प्रमुख येभगेनी प्रिगोजिनले जर्नेलहरूविरुद्ध कडा टिप्पणी गरेका थिए

लुकाशेन्कोले भने, “हामीले सहज परिस्थितिलाई गुमायौं र सोच्यौँ यो आफैँ समाधान हुनेछ, तर त्यसो हुन सकेन ।”

“मोर्चामा लडेका दुई व्यक्ति आपसमा लडेका थिए, यस मामिलामा कुनै नायक छैनन्,” उनले विद्रोह गर्ने वाग्नर प्रमुख येभगेनी प्रिगोजिन र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री सर्गेई शोइगुलाई संकेत गर्दै भने ।

रूसी समूहबीच मध्यस्थकर्ताका रुपमा हेरिएका पुटिनले पनि द्वन्द्वलाई राम्रोसँग वा समयमा सम्बोधन नगरेको भन्दै उक्त आरोप लगाइएको थियो ।

पर्यवेक्षकहरूले रूसका केही ‘सिलोभिकी’ अर्थात् रूसको सुरक्षा संयन्त्रका सदस्य र उनीहरूका नजिकका व्यक्तिहरू पनि पुटिनसँग असन्तुष्ट हुने बताएका छन् ।

लुकाशेन्कोले रूसमा भएको विद्रोहका क्रममा आफूले आफ्नो सेनालाई युद्धका लागि तयार रहन आदेश दिएको बताएका छन् । उनले भने,“मैले सेनालाई पूर्ण युद्धको तयारी अवस्थामा ल्याउन सबै आदेश दिएको छु ।”

मस्कोका निकट सहयोगी लुकासेन्कोले रूस ‘ढलेको’ खण्डमा ’हामी सबै मर्नेछौँ’ भन्दै पश्चिमा मुलुकले कुनै पनि ‘उथलपुथल’को ‘फाइदा’ लिने चेतावनी दिएका छन्।”

लुकाशेन्कोको मध्यस्थतामा भएको सम्झौताअनुसार प्रिगोजिन बेलारुस जाने अपेक्षा गरिएको छ । तर बेलारुसका शक्तिशाली नेताले प्रिगोजिनको स्थान भने खुलाएका छैनन् ।

रूसी नेता पुटिनले वाग्नर लडाकुलाई बेलारुस जाने वा नियमित रूसी सेनामा सामेल हुने अवसर पनि दिइने बताएका छन् ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?