Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

हिन्दी भाषामा पनि रिलिज हुने चलचित्र ‘परस्त्री’को दिल्ली र मुम्बईमा पनि प्रचार


१३ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ ।

‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका निर्देशक सुरज पाण्डेले आयोजित समारोहले नेपाली चलचित्र र यसबारे प्रवर्द्धनमा सहयोग गरेको बताए ।

“हाम्रो विषयवस्तु ‘युनिभर्सल’ भएको हुँदा भारतीय दर्शकलाई समेत लक्षित गर्दै प्रदर्शनको तयारी गरेका छौँ । यसले आगामी दिनमा यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न मार्ग प्रशस्त हुने विश्वास छ”, निर्देशक पाण्डेले भने ।

यस्तै, अभिनेत्री शिल्पा मास्केले आफ्नो कलाकारिता यात्रालाई नयाँ लयमा हिँडाउने बताए । उनले भने, “यो भूमिका निर्वाह गर्ने विषयमा निकै सोचेर निर्णय लिएकी थिएँ । किनकि यसको चर्चा हुनेमा म जानकार थिएँ । ‘बोल्ड’ दृश्यसँगै अभिनयको पनि उत्तिकै चर्चाले चलचित्रसँगै मेरो कलाकारितालाई समेत फाइदा पुगेको छ ।”

दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने जानकारी दिए । “हामीले नेपालमा नेपाली भाषा र अन्य देशमा हिन्दी भाषामा समेत प्रदर्शन गर्दैछौँ”, उनले भने ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथामा निर्माण भएको चलचित्रमा कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?