Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता


११ असार, एजेन्सी । छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् ।सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ ।

इरानमा वर्षौंदेखि शरणार्थीका रूपमा बस्दै आएका ७४ हजार ३६ अफगानी शरणार्थीविगत एक महिनामा अफगानिस्तानको निमरोज प्रान्त हुँदै आफ्नो मातृभूमि फर्केका छन् र यो प्रक्रिया जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।अफगानी सञ्चारमाध्यमका अनुसार अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार ११५ शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको सङ्ख्या एक लाख ३८ हजार १५१ पुगेको छ ।

इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै सङ्ख्यामा अफगानी शरणार्थीहरु पाकिस्तानमा रहेका छन् ।अफगानिस्तानको कामचलाउ सरकारको नेतृत्व गरेको तालिवान समूहले विदेशमा रहेका अफगानी शरणार्थीहरुलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माणमा योगदान गर्न आह्वान गर्दै आएको छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?