Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

वानएक्स बेटको प्रचार गर्ने थप एकजना युट्युबर पक्राउ


११ असार, काठमाडाैँ । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भई काठमाडौँको बूढानीलकण्ठ–११ बस्ने २२ वर्षीय राजकुमार थापा भन्ने युट्युबर राजकुमार तमाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार तमाङले बेटिङ एप ‘वानएक्स बेट’ मार्फत विभिन्न खेलहरु खेलाउनका लागि आफ्नो युट्युब च्यानलमार्फत वानएक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमोकोडसमेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टाबाजी गर्न/गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौँ कपनबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङलाई सट्टाबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि आज आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि प्रहरीले ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु मास्टरलगायत आठजनालाई पक्राउ गरिसकेको छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?