Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

आणविक सुरक्षा बारे रुसमा छलफल


९ असार, एजेन्सी । रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गरेका छन् ।

छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गरेका छन् । लिखाचेभले जोड दिदै भने- रूसी पक्षले “आईएईए सचिवालयले केन्द्र वरपरको इलाकामा युक्रेनी सशस्त्र बलहरूले आक्रमण रोक्नका लागि विशेष कदम चालेको आभास मिलेको बताएका छन् ।

उनले ग्रोसीलाई आणविक केन्द्रको सुरक्षित सञ्चालन सुनिश्चित गर्नका लागि हाल रुसी पक्षले चालेका विशेष उपायहरूको बारेमा जानकारी गराएका थिए । विशेष गरी पानी आपूर्ति “युक्रेनी सशस्त्र सेनाले काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको बाँध नष्ट गरेपछि,” उत्पन्न सङ्कट लगायतका विषयमा छलफल भएको रोसाटोमले बताएका छन् ।

वार्तामा दुवै पक्षले जुन १५ मा ग्रोसीको प्लान्टको भ्रमणको नतिजाबारे पनि थप छलफल गरेका छन् । आफ्नो भ्रमणको क्रममा ग्रोसीले प्लान्टले सुरक्षित रूपमा सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने विषय व्यावहारिक रूपमा प्रमाणित गर्न सक्षम भएको पनि छलफल गरिएको छ ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?