Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

नितरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन लाग्यो उकालो


७ असार, काठमाडाैँ । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ ।

कूल ८० लाख आठ हजार दुई सय ४६ कित्ता शेयर रू तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रू २९ करोड ६३ लाख ८२ हजार सात सय ३८ बराबरको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरी रू १५ करोड दुई लाख ७६ हजार एक सय ८७, शिवम् सिमेन्ट रू १४ करोड ७५ लाख ४२ हजार एक सय ८३, आइजीआई पुडेन्सियल इन्स्योरेन्स रू १३ करोड २३ लाख ५४ हजार सात सय ८७ र नागरिक लगानी कोष रू १२ करोड ५४ लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार, तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालीञ्चोक दर्शन, बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ । यस्तै, सिटी होटलका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड पहिलो आठ दशमलव ४१, इन्गवा हाइड्रोपावर सात दशमलव ५३, नेष्डो समृद्धि लघुवित्त सात दशमलव १८, कालिका पावर कम्पनी छ दशमलव ९१ र एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ४६ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?