Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

शेयर बजारमा दोहोरो अङ्कको गिरावट


५ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा सीमित भएको छ ।

यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ८८ दशमलव शून्य दुईमा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता शेयर रु चार अर्ब ११ करोड छ लाख छ हजार नौ सय ५३ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैङ्क शीर्ष स्थानमा छ ।

सो बैङ्कको रु २० करोड ५७ लाख ५३ हजार नौ सय ६१ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु १९ करोड ४४ लाख २७ हजार तीन सय २१, हिमालयन डिस्टिलरी रु १३ करोड ५९ लाख ८८ हजार तीन सय ७८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १२ करोड ६० लाख ६९ हजार एक सय ८६ र शिव श्री हाइड्रोपावर रु ११ करोड ५७ लाख दुई हजार दुई सय ३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सिटी होटल र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, इन्ग्वा हाइड्रोपावर नौ दशमलव ९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलव ८७ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले तीन दशमलव ८४ प्रतिशतले कमाएका छन् ।

यस्तै, युनिक नेपाल लघुवित्त नौ दशमलव ९९,सानिमा इक्विटी फण्ड आठ दशमलव ८९, माहुली लघुवित्त सात दशमलव ४८,मल्टिप्रपोज फाइनान्स छ दशमलव ३० र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?