Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

भोलीदेखि काठमाडाैँ महानगरका हलमा भारतीय चलचित्र चल्न नदिने बालेनको घोषणा


३ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले भोलीदेखि हलहरूमा भारतीय चलचित्र चल्न नदिने भएको छ ।

भर्खरै रिलिज भएको दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’मा भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश नहटाएपछि भारतीय चलचित्र प्रदर्शन बन्द गर्ने मेयर बालेन शाहले जानकारी दिएका छन् ।

केही दिनअघि मेयर बालेनले उक्त अंश हटाउनका लागि तीन दिनको समय दिएका थिए । यद्यपी, फिल्ममा उक्त अंश कायम रहेको छ ।

यसबारे मेयर बालेनले लेखेका छन्, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।’


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?