Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

युगाण्डाको विद्यालयमा आक्रमण गरी २५ जनाको हत्या, ८ जना घाइते


२ असार, एजेन्सी । पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

आइएसआइएससँग सम्बन्ध रहेको एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँगको देशको सीमामा रहेको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ।

युगान्डा प्रहरी बलका प्रवक्ता फ्रेड एनान्गाले ट्वीट गरेका छन् “एक छात्रावास जलाइयो र खाना पसल लुटियो। हालसम्म विद्यालयबाट २५ शव निकालेर बवेरा अस्पतालमा सारिएको छ।”

बवेरा अस्पतालमा उपचाररत थप आठ जनाको अवस्था गम्भीर रहेको उनले सीएनएनले बताएको छ ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?