Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

कोशी प्रदेशको बजेट : रु ३६ अर्ब २४ करोड


३२ जेष्ठ ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०/८१ को आय–व्ययको सार्वजनिक गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गरे । आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ ।

कुल विनियोजनमध्ये चालु खर्च रु १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च रु १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्थातर्फ रु एक करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ ।

चालु खर्चमध्येमा सङ्घीय अनुदान बचत फिर्तातर्फ रु दुई अर्ब रहेको छ । सार्वजनिक भएको बजेटमा आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट रु ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट रु पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट रु ७३ करोड र विशेष अनुदानबाट रु ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरण गरी जम्मा रु ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार खर्च व्यहोर्ने जनाइएको छ ।

बाँकी अपुग रकम नगद मौज्दातबाट रु तीन अर्ब ७५ करोड एक लाख तथा वैदेशिक अनुदानबाट रु १५ करोड चार लाख ६० हजार व्यहोर्ने सार्वजनिक बजेटमा उल्लेख छ ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?