Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

साताको अन्तिम दिन पनि उकालो लाग्यो शेयर बजार


३२ जेठ, काठमाडाैँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ३९ अङ्कमा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कूल ७८ लाख ९६ हजार चार सय ७८ कित्ता शेयर रू तीन अर्ब १६ करोड २८ लाख १० हजार आठ सय ४३ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त  कम्पनीको रू १७ करोड ९३ लाख ४६ हजार बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटल रू १६ करोड चार लाख दुई हजार आठ सय ८१, नेपाल लाइफ इन्स्योरेन्स रू १४ करोड ९१ लाख १७ हजार एक सय ६१, आइजीआई पुडेन्सियल इन्स्योरेन्स रू ११ करोड ६१ लाख ८७ हजार तीन सय एक र हिमालयन डिस्टिलरी रू नौ कराड ३४ लाख ९४ हजार चार सय ८९ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

सिटी होटल नौ दशमलव ९७, अभियान लघुवित्त नौ दशमलव २०, बिपीडब्ल्यू लघुवित्त आठ दशमलव २०, कालिका लघुवित्त आठ दशमलव शून्य छ र सोल्टी होटलका लगानीकर्ताले छ दशमलव ८२ प्रतिशतले कमाएका छन् ।

भूगोल इनर्जी पाँच दशमलव ८६, मल्टप्रपोज फाइनान्स कम्पनी तीन दशमलव ८८, मिर्मिरे लघुवित्त तीन दशमलव ८१, साधना लघुवित्त तीन दशमलव ८१, एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?