Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

साताको अन्तिम दिन पनि उकालो लाग्यो शेयर बजार


३२ जेठ, काठमाडाैँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ३९ अङ्कमा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कूल ७८ लाख ९६ हजार चार सय ७८ कित्ता शेयर रू तीन अर्ब १६ करोड २८ लाख १० हजार आठ सय ४३ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त  कम्पनीको रू १७ करोड ९३ लाख ४६ हजार बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटल रू १६ करोड चार लाख दुई हजार आठ सय ८१, नेपाल लाइफ इन्स्योरेन्स रू १४ करोड ९१ लाख १७ हजार एक सय ६१, आइजीआई पुडेन्सियल इन्स्योरेन्स रू ११ करोड ६१ लाख ८७ हजार तीन सय एक र हिमालयन डिस्टिलरी रू नौ कराड ३४ लाख ९४ हजार चार सय ८९ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

सिटी होटल नौ दशमलव ९७, अभियान लघुवित्त नौ दशमलव २०, बिपीडब्ल्यू लघुवित्त आठ दशमलव २०, कालिका लघुवित्त आठ दशमलव शून्य छ र सोल्टी होटलका लगानीकर्ताले छ दशमलव ८२ प्रतिशतले कमाएका छन् ।

भूगोल इनर्जी पाँच दशमलव ८६, मल्टप्रपोज फाइनान्स कम्पनी तीन दशमलव ८८, मिर्मिरे लघुवित्त तीन दशमलव ८१, साधना लघुवित्त तीन दशमलव ८१, एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?