Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

ग्रीसमा शरणार्थी चढेकोे डुङ्गा डुब्दा ३२ जनाको मृत्यु


३१ जेष्ठ ,एथेन्स । ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा ३२ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले बुधबार जनाएको छ ।

एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

हेलेनिक कोस्ट गार्डले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुनै पनि यात्रुसँग लाइफ ज्याकेट थिएन । यो घटना पाइलोस शहरको तटमा भएको थियो ।

ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीका अनुसार दुर्घटनाबाट बच्न सफल आप्रबासीहरूले अधिकारीहरूलाई माछा मार्ने डुङ्गा लिबियाबाट इटालीतर्फ हिँडेको समयमा ग्रीसमा दुर्घटना भएको बताएका छन् ।

ग्रीस सन् २०१५ देखि शरणार्थी र आप्रवासी आगमनमा अग्रङ्क्तिमा रहँदै आएको छ र विगत आठ वर्षमा एजियन सागरमा सयौंको मृत्यु भएको छ भने हजारौँलाई समुद्रबाट उद्धार गरिएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?