Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

राष्ट्रियसभाका अध्यक्षसँग साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेसका अध्यक्षको भेट


३१ जेष्ठ ,काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले पिपुल्स बिल्डिङमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्योगिक सहर साङ्घाईको विकासबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए । साङ्घाईबाट काठमाडौँ र पोखरा सिधा उडान भयो भने त्यसले साङ्घाईको औद्योगिक, व्यापारिक र धार्मिक क्षेत्रको पनि नेपालले लाभ लिनसक्ने उनको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले साङ्घाई सहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरूलाई जानकारी गराएका थिए । चीनको साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष युन्हुले साङ्घाई सबैभन्दा ठूलो आर्थिक केन्द्र सहर भएको र यसले चीन र नेपालबीचको अन्तरसम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पुर्याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए ।

भेटमा नेपालको संसदीय प्रतिनिधिमण्डलका सदस्य साथै चीनको साङ्घाईका नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकंग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकंग्रेसको चीन–नेपालमैत्री समूहका उपप्रमुख वाङ के र साङ्घाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङलगायत सहभागी थिए ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले साङ्घाईमा साइयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, साङ्घाई ग्रामीण योजना प्रदर्शनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्रलगायतका स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका थिए ।

वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरासम्म सिधा हवाई उडान सुरु गर्ने विषयले प्रमुखता पाएको थियो । अध्यक्ष तिमिल्सिनासहितको नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल बिहीबार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?