Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम ५ अर्ब नाघ्यो


३१ जेठ, काठमाडाैँ । आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ ।

आज दुई सय ७५ वटा कम्पनीको एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर ७९ हजार चार सय ६१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ सय ८२ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ३६ दशमलव २१, वित्त १५ दशमलव ८९, होटल तथा पर्यटन ४३ दशमलव १६, लगानी शून्य दशमलव ३९, निर्जीवन बीमा ६७ दशमलव २७ र लगानी समूह २० दशमलव ०९ अङ्कले घटेको छ ।

उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ६४ दशमलव ६६ अङ्कले बढेको छ । त्यसैगरी, बैंकिङ १५ दशमलव ७४, जलविद्युत् १२ दशमलव छ, उत्पादन तथा प्रशोधन ३४ दशमलव १६, लघुवित्त ६५ दशमलव एक, म्युचुअल फन्ड शून्य दशमलव एक र अन्य समूह ३२ दशमलव ९० अङ्कले बढेको छ ।

आजको कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रू २८ करोड १७ लाख आठ हजार आठ सय ४२ बराबरको पाँच लाख ३४ हजार चार सय ५६ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?