Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मृत घोषित महिला पाँच घण्टापछि जीवित भएपछि…


३१ जेठ, एजेन्सी । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् ।

इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले  भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ ।

इक्वेडरको स्वास्थ्य मन्त्रालयले ती महिलालाई हृदयाघात भएको बताएको छ । चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यस निम्ति प्राविधिक समिति गठन गरिएको एक विज्ञप्ति निकालेर बताएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पताको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो र पछि उनलाई मृत घोषणा गरिएको थियो ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?