Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय सगरमाथा दिवस


३० जेष्ठ ,काठमाडौँ । सगरमाथा आरोहणको ७०औँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२३ का अवसरमा इस्लामाबादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारी, पत्रकार र नेपालका मित्रहरूको उपस्थितिमा कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सगरमाथा दिवसको महत्त्वका बारेमा २९ मे १९५३ को सगरमाथाको प्रथम सफल आरोहणले पर्वतारोहणमा एक नयाँ आयाम थपेको र तत्पश्चात् हजारौँ पर्वतारोहीले सगरमाथा आरोहण गरेको बताए । उनले नेपाल सरकारले पर्वतारोहणका सम्बन्धमा लिएका नीति, कार्यक्रम र पर्वतारोहण एवं साहसी पर्यटन र नीतिका बारेमा जानकारी दिए ।

उनले हालै सगरमाथा अरोहण गरेका पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाई दिँदै उनिहरूको आगामी पर्वतारोहण र साहसी खेल एवं पर्यटन अभियानको सफलताको कामनासमेत गरे । राजदूत अधिकारीले त्यस अवसरमा शेर्पा समुदायको पर्वतारोहणमा योगदानको चर्चा गर्दै पर्वतारोहणमा शेर्पाको दक्षता, विश्वसनीयता र सहयोगी भावनाका कारण उनीहरूको सहयोगमा कुनै पनि पर्वत आरोहण गर्न सहज रहेको बताए ।

शेर्पाहरू नेपालको नम्र शक्ति रहेको र नेपाली समाजले उनीहरूको योगदानको उच्च सम्मान गर्दै पर्वतारोहणमा सदैव गौरवान्वित रहेको बताए । सो अवसरमा राजदूत अधिकारीले नयला कियानी र साजिद अलि सादपारालाई नेपालको पर्यटन विभागबाट जारी भएको सगरमाथा आरोहण गर्दा दिइने प्रमाणपत्र हस्तान्तरण गरेको पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कार्यक्रममा पर्वतारोही मिङ्ग्मा जी शेर्पा, दावा शेर्पा, सरवाज खान, नयला कियानी र साजिद अलि साद्पाराले नेपालमा पर्वतारोहणको आ–आफ्नो अनुभव सुनाउँदै पर्वतारोहण अभियानमा नेपाल सरकार र जनताबाट प्राप्त सहयोगप्रति आभारी रहेको बताएका थिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?