Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए


३० जेष्ठ ,कुपवाडा (जम्मुकश्मीर) । भारत अधिनस्थ जम्मुकश्मीरको पाकिस्तान नियन्त्रित सीमा क्षेत्र कुपवाडा जिल्लामा भारतीय सेना र जम्मूकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् ।

कुपवाडा जिल्लाको डोबनार माछाल क्षेत्र ९ नियन्त्रण रेखा० मा सेना र कुपवाडा प्रहरी सम्मिलितट टोलीले गरेको सुरक्षा कारबाहीमा ती आतङ्ककारी मारिएका कश्मिर प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा अन्य सन्दिग्धको खोजी भइरहेको छ । प्रहरीका अनुसार लश्कर–ए–तैवा (एलईटी) का एक जना आतङ्ककारीका सहयोगीलाई पक्राउ गरिएको छ ।

बान्दीपोरा प्रहरीले राष्ट्रिय राइफल्स (आरआर) र केन्द्रीय रिजर्व प्रहरी बल (सीआरपीएफ) सँग मिलेर गरेको संयुक्त खोज अभियानमा आतङ्ककारीलाई नियन्त्रणमा लिइएको हो । निजबाट दुईवटा चिनियाँ ह्यान्ड ग्रिनेड बरामद गरिएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?