Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम ४ अर्बभन्दा बढी


३० जेठ, काठमाडाैँ । यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।

आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रू चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् ।

आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूह दुई सय ७६ दशमलव ६० र निर्जीवन बीमा समूह दुई सय २४ दशमलव ९० अङ्कमा कायम भएको छ । बैंकिङ समूह सात दशमलव ३६, विकास बैंक ५८ दशमलव १४, वित्त ३६ दशमलव ९२, होटल तथा पर्यटन एक सय तीन दशमलव ७६, जलविद्युत् ४८ दशमलव ५७ र लगानी समूह एक दशमलव ३६ अङ्कले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन दुई सय २१ दशमलव ५७, लघुवित्त ९६ दशमलव ७०, म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार ६१ दशमलव ५० र अन्य समूह १५ दशमलव ५३ अङ्कले बढेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा प्रतिकित्ता तीन दशमलव ९३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २७ करोड ६६ लाख ८७ हजार दुई सय ५० बराबरको पाँच लाख ५७ हजार तीन सय ८८ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?