Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

साताको दोश्रो दिन पनि उकालो लाग्यो शेयर बजार


२९ जेठ, काठमाडाैँ । तीव्र उतारचढावबीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ ।

आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर  रू दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ मा को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूह तीन दशमलव ०१, होटल तथा पर्यटन समूह चार सय ५१ दशमलव ९९, जीवन बीमा समूह सात दशमलव ६६, उत्पादन तथा प्रशोधन एक सय दुई दशमलव ९९, लघुवित्त १४ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ६५ अङ्कले बढेको छ ।

परिसूचक घट्नेमा विकास बैंक १८ दशमलव ६३, वित्त १६ दशमलव २५, जलविद्युत् सात दशमलव ८८, लगानी शून्य दशमलव ०५, म्यचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा पाँच दशमलव ७० र व्यापार समूह तीन दशमलव ४० अंकले घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रू १५ करोड २८ लाख ५८ हजार आठ सय २१ बराबरको चार लाख ४९ हजार सात सय ४९ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको चार लाख ४९ हजार सात सय ४९ कित्ता खरिदबिक्री भएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?