Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

चीनको नानजिङ र बङ्गलादेशबीच हवाई मार्गमार्फत् कार्गो सेवा सञ्चालन


२९ जेठ, एजेन्सी । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ ।

“पूर्वी चिनियाँ शहर नानजिङले पहिलो पटक दक्षिण एशियालाई जोड्ने हवाई कार्गो सेवा सुरु गरेको छ,” चिनियाँ भन्सार कार्यालयले जानकारी गराएको छ ।

यो मार्ग प्रत्येक बुधबार, बिहीबार र शुक्रबार नियमित रूपमा सञ्चालन हुने तालिका छ भने यसबाट वार्षिक दुई हजार ८०० टन भन्दा बढी मालसामान ढुवानी हुने अपेक्षा गरिएको छ ।

“नानजिङको वरपरका क्षेत्रहरूमा पूर्ण आपूर्ति श्रृंखलाको साथ ठूलो मात्रामा टेक्सटाइल उद्योग छ । यहाँ उत्पादित कपडाहरू अन्तर्राष्ट्रिय ग्राहकहरू बीच लोकप्रिय छन्, र नयाँ खोलिएको हवाई कार्गो मार्गले स्थानीय उद्यमहरूलाई उनीहरूको वस्तुहरू निर्यात गर्नका लागि पहुँच प्रदान गर्दछ,” चिनियाँ अन्तर्राष्ट्रिय रसद कम्पनीका कर्मचारी बी हेन्फेनले भने ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?