Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

चीनको नानजिङ र बङ्गलादेशबीच हवाई मार्गमार्फत् कार्गो सेवा सञ्चालन


२९ जेठ, एजेन्सी । पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ ।

“पूर्वी चिनियाँ शहर नानजिङले पहिलो पटक दक्षिण एशियालाई जोड्ने हवाई कार्गो सेवा सुरु गरेको छ,” चिनियाँ भन्सार कार्यालयले जानकारी गराएको छ ।

यो मार्ग प्रत्येक बुधबार, बिहीबार र शुक्रबार नियमित रूपमा सञ्चालन हुने तालिका छ भने यसबाट वार्षिक दुई हजार ८०० टन भन्दा बढी मालसामान ढुवानी हुने अपेक्षा गरिएको छ ।

“नानजिङको वरपरका क्षेत्रहरूमा पूर्ण आपूर्ति श्रृंखलाको साथ ठूलो मात्रामा टेक्सटाइल उद्योग छ । यहाँ उत्पादित कपडाहरू अन्तर्राष्ट्रिय ग्राहकहरू बीच लोकप्रिय छन्, र नयाँ खोलिएको हवाई कार्गो मार्गले स्थानीय उद्यमहरूलाई उनीहरूको वस्तुहरू निर्यात गर्नका लागि पहुँच प्रदान गर्दछ,” चिनियाँ अन्तर्राष्ट्रिय रसद कम्पनीका कर्मचारी बी हेन्फेनले भने ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?