Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बालाजी सिमेन्टले सुरू गर्यो भारतमा निर्यात


२९ जेठ, कपिलवस्तु । कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।

भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेसँगै भारतमा सिमेन्ट निर्यात सम्भव भएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए ।

उनका अनुसार पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई आज ४२ टन सिमेन्ट निर्यात गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो ।

कपिलवस्तुबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको हो । विस्तारै निर्यातको परिमाण बढाउँदै लैजाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताए ।

भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । नेपाल सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरिसकेको छ ।

सरकारले रु ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीलाई सहज भएको उद्योगका संस्थापक सन्दीप काडियाले बताए । “वर्तमान असहज एवं आर्थिक मन्दिको अवस्थामा भारतमा सिमेन्ट निर्यातले सकारात्मक सन्देश दिएको छ, हाम्रो कम्पनीको स्थापना नै निर्यातको सोच सहित भएको थियो”, उनले भने ।

उनले सरकारले अझ बढी उद्योग र निर्यातमैत्री नीति ल्याउन सुझाव दिए । सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग गर्ने उनको भनाइ छ ।

बालाजी सिमेन्ट उद्योगसँग दैनिक एक हजार छ सय टन सिमेन्ट उत्पादनको क्षमता रहेको कम्पनीका प्रवन्ध निर्देशक रौनक अग्रवालको भनाइ छ । उद्योगबाट हाल बाहुबली र श्रृष्टी ब्रान्डमा ४३ ग्रेडको ओपिसी र पिपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ । सन् २०७७ सालमा स्थापना भएको उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधि जडान छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?