Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

बालाजी सिमेन्टले सुरू गर्यो भारतमा निर्यात


२९ जेठ, कपिलवस्तु । कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।

भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेसँगै भारतमा सिमेन्ट निर्यात सम्भव भएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए ।

उनका अनुसार पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई आज ४२ टन सिमेन्ट निर्यात गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो ।

कपिलवस्तुबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको हो । विस्तारै निर्यातको परिमाण बढाउँदै लैजाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताए ।

भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । नेपाल सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरिसकेको छ ।

सरकारले रु ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीलाई सहज भएको उद्योगका संस्थापक सन्दीप काडियाले बताए । “वर्तमान असहज एवं आर्थिक मन्दिको अवस्थामा भारतमा सिमेन्ट निर्यातले सकारात्मक सन्देश दिएको छ, हाम्रो कम्पनीको स्थापना नै निर्यातको सोच सहित भएको थियो”, उनले भने ।

उनले सरकारले अझ बढी उद्योग र निर्यातमैत्री नीति ल्याउन सुझाव दिए । सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग गर्ने उनको भनाइ छ ।

बालाजी सिमेन्ट उद्योगसँग दैनिक एक हजार छ सय टन सिमेन्ट उत्पादनको क्षमता रहेको कम्पनीका प्रवन्ध निर्देशक रौनक अग्रवालको भनाइ छ । उद्योगबाट हाल बाहुबली र श्रृष्टी ब्रान्डमा ४३ ग्रेडको ओपिसी र पिपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ । सन् २०७७ सालमा स्थापना भएको उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधि जडान छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?