Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

अष्ट्रेलियामा विवाहबाट फर्किएकाहरु सवार बस दुर्घटना, १० जनाको मृत्यु


२९ जेठ, एजेन्सी । अष्ट्रेलियामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

अष्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहबाट फर्किएकाहरु सवार बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटानजिकै दुर्घटना हुँदा सो हताहती भएको हो । दुर्घटनामा परेका २५ जनाभन्दा बढी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

यात्रुहरू आइतबार राति विवाहबाट फर्किरहेका थिए । प्रहरीले दुर्घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ । बसका चालक ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान र आफन्तलाई सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्उक्त गरेका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?