Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अष्ट्रेलियामा विवाहबाट फर्किएकाहरु सवार बस दुर्घटना, १० जनाको मृत्यु


२९ जेठ, एजेन्सी । अष्ट्रेलियामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

अष्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहबाट फर्किएकाहरु सवार बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटानजिकै दुर्घटना हुँदा सो हताहती भएको हो । दुर्घटनामा परेका २५ जनाभन्दा बढी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

यात्रुहरू आइतबार राति विवाहबाट फर्किरहेका थिए । प्रहरीले दुर्घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ । बसका चालक ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान र आफन्तलाई सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्उक्त गरेका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?