Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

जी ट्वेन्टीका विकासमन्त्रीहरूको बैठक वाराणसीमा


२८ जेष्ठ ,वाराणसी (उत्तर प्रदेश) ।  युरोपेली सङ्घ, औद्योगिक एवम् विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका १९ देश मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वेन्टीका विकासमन्त्रीरूको बैठकमा भाग लिन ब्राजिल, जर्मनी, जापान, इन्डोनेसिया र चीनका प्रतिनिधिवाराणसी आइपुगेका छन् ।

विमानस्थलमा विदेशी पाहुनालाई अवधको फरुवाही नृत्य टोली र काशी विश्वनाथ डमरु वदन समितिले भव्य स्वागत गरेको थियो । विमानस्थलमा विदेशी पाहुनाले डमरु वदन र भारतीय नृत्य पनि प्रस्तुत गरेका थिए ।

आजदेखि आगामी तीनदिनसम्म आयोजना हुने मन्त्रीस्तरीय बैठकमा भागलिन पवित्र नगरी काशी आउनेमा अष्ट्रेलियाका राजनीतिज्ञ प्याट्रिक कोनरोय, भारतका लागि ब्राजिलका राजदूत मौरिसियो लिरियो, अन्तरराष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुट्टा उर्पिलेनेन, जर्मनीका आर्थिक सहयोग तथा विकासमन्त्री स्वेन्जा शुल्जे, जापानी मन्त्री शुन्सुके ताकेई र चीनका झाओ यिफानलगायत छन् ।

सांस्कृतिक विविधताले समृद्ध भारतका नागरिकले विमानस्थलमा आफूहरूलाई गरेको स्वागतबाट विदेशी पाहुना निकै खुसी देखिएका थिए । बैठकको अध्यक्षताजी ट्वेन्टीको वर्तमान अध्यक्ष देश भारतका विदेशमन्त्री एस जयशङ्करले गर्ने भएका छन् ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?