Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

साताको पहिलो दिन शेयर बजारमा उच्च अङ्कको वृद्धि


२८ जेठ, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ ।

कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख २८ हजार दुई सय ५५ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ मूल्यमा कारोबार भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार छ सय ९१ बराबर पुगेको छ ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु एघार करोड ४७ लाख २४ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्ट रु १० करोड ८७ लाख ७५ हजार पाँच सय १५, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १० करोड ६८ लाख ५० हजार छ सय ३१, नेपाल दूरसञ्चार कम्पनी र आठ करोड १२ लाख ६४ हजार नौ सय ५४ र नेपाल पुनरबीमा कम्पनी रु सात करोड ९३ लाख १४ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ । गुह्यश्वरी मर्चेण्ट बैंक आठ दशमलव ७०, रिलायन्स फाइनान्स आठ दशमलब ३६ र सिटिजन इन्भेस्ट ट्रष्टका लगानीकर्ताले आठ दशमलब ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलब ८३, मेगा म्युचुअल फण्ड पहिलो दुई दशमलब ५३, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ५१, एनआइसी एशिया सेलेक्ट फण्ड दुई दशमलब ४० र प्रभु स्मार्ट फण्डका लगानीकर्ताले एक दशमलब ९४ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?