Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता


२७ जेष्ठ ,एँनेसी,फ्रान्स । फ्रान्सको अल्पाइन शहर एनेसीमा चार बालबालिकासहित छ जनालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका सिरियाली शरणार्थीमाथि ‘हत्याको प्रयास’ को अभियोग लगाइएको अभियोजकले शनिबार बताएका छन् ।

सरकारी अभियोजक लाइन बोनट–म्याथिसले एक पत्रकार सम्मेलनमा भने, “अब्दलमासिह एच. ले ४८ घण्टा प्रहरी हिरासतमा रहँदा र अनुसन्धानको नेतृत्व गरिरहेका म्याजिस्ट्रेटसमक्ष बोल्न अस्वीकार गर्नुभएको थियो ।”

उनले भने,“दुई मनोवैज्ञानिक परीक्षण पछि चिकित्सकहरूले अब्दलमासिह एचले ‘पुलिस हिरासतमा दिएको वयानसँग मिल्दोजुल्दो रिपोर्ट अर्थात् आक्रमणकारी भुक्एिर आक्रमण नगरेको निष्कर्ष निकालेका छन् ।”

यद्यपि, यो चरणमा अन्य मनोवैज्ञानिक विकृतिहरूको निदान वा अस्वीकार गर्न धेरै चाँडो हुने उनले बताए। पर्यटकका लागि लोकप्रिय तालको नजिकैको एक खेल मैदानमा बिहीबार भएको आक्रमणमा परी घाइते भएकाहरू अब ज्यान गुमाउने खतराको अवस्थामा नरहेको बोनट–म्याथिसले बताए ।

आक्रमण २२ महिनादेखि तीन वर्षसम्मका बालबालिका र एक वयस्कलाई सुरुमा गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । अर्का एक व्यक्ति सामान्य घाइते भएका थिए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?