Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

सुडानमा २४ घण्टे युद्धविराम गर्न युद्धरत दुवै पक्ष सहमत


२७ जेठ, एजेन्सी । सुडानका युद्धरत पक्षहरू शनिबारदेखि २४ घण्टे युद्धविराम गर्न सहमत भएको अमेरिका र साउदी मध्यस्थताकर्ताले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

“सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का प्रतिनिधिहरू जुन १० देखि स्थानीय समयानुसार बिहान ४ बजे २४ घण्टे देशव्यापी युद्धविराम गर्न सहमत भएका छन्,” साउदी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सुडानमा धेरै पटक युद्धविरामका लागि सहमति भएको छ र भङ्ग भएको छ । वासिङ्टनले दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहर्याएको छ ।

“यदि युद्धरत पक्षहरूले २४ घण्टे युद्धविरामको पालना गर्न असफल भएमा सहजकर्ताहरूले साउदी शहर जेद्दाहमा गत महिनाको अन्त्यदेखि स्थगित गरिएको वार्ता स्थगित गर्न विचार गर्न बाध्य हुनेछन्,” मध्यस्थ प्रतिनिधिहरूले भने ।

गत अप्रिलदेखि नियमित सेना र अर्धसैनिक बल आरएसएफबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध भएको थियो ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार करिब २० लाख मानिस विस्थापित भएका छन्, जसमध्ये चार लाख ७६ हजार छिमेकी मुलुकमा शरण लिएका छन् ।

साउदी र अमेरिकी मध्यस्थकर्ताहरूले विगतका युद्धविरामहरूको असमान कार्यान्वयनप्रति सुडानी जनताको निराशामा आफूहरू पनि सहमत रहेको बताएका छन् ।

“यदि यसको पालना गरियो भने जेद्दाह वार्ता पुनः सुरु गर्न अनुमति दिन सक्ने विश्वास निर्माण गर्ने उपायहरू अवलम्बन गर्न पक्षहरूका लागि २४ घण्टे युद्धविरामले महत्वपूर्ण अवसर प्रदान गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले साउदी अरबको तीन दिने भ्रमण सम्पन्न गरेको एक दिनपछि शुक्रबारको घोषणा आएको हो । साउदस् अरबमा उनले सुडानका बारेमा शीर्ष साउदी अधिकारीहरूसँग छलफल गरेका थिए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?