Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

सनातन संस्कृतिमा शिखा र सूत्रको महत्त्वपूर्ण योगदान


२६ जेष्ठ ,काठमाडौँ । सनातन संस्कृति शिखा र सूत्रको महत्त्वपूर्ण स्थान रहेकामा जोड दिइएको छ ।

अनुसन्धान व्यवस्थापन एकाइ वाल्मीकि विद्यापीठले आज आयोजना गरेको ‘सनातन संस्कृतिमा शिखा र सूत्र (यज्ञोपवीत)को महत्त्व एवं यसको मनोवैज्ञानिक प्रभाव’ विषयक गोष्ठीका वक्ताले शिखा र सूत्रको वैज्ञानिकरूपमा समेत महत्त्व रहेकामा जोड दिएका हुन् ।

व्यक्तिको तेजवृघि र नकारात्मकता हटाएर सकारात्मक गुणको विकासका लागि शिखा एवं सूत्रले योगदान गर्ने वक्ताको भनाइ थियो । कार्यक्रममा उपप्राध्यापक डा माधवप्रसाद लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराई र संस्कृतिविद् चिन्तामणि योगीले टिप्पणी गरेका थिए ।

टिप्पणी गर्दै उनिहरूले मुस्लिम र क्रिश्चियनले आफ्ना संस्कार नछोड्ने गरेको उल्लेख गर्दै सनातन धर्मावलम्बीले पनि स्वत्व छोड्नु नहुनेमा जोड दिएका हुन्।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?