Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

युक्रेनको बाँधबाट आएको बाढीका कारण आठ जनाको मृत्यु : रूस


२६ जेष्ठ ,मस्को । दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाब बढ्न सक्ने रूसी अधिकारीहरूले बताएका छन् ।

तर युक्रेनी अधिकारीले उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र अन्य १३ जना हराइरहेको बताएका छन् । “दुर्भाग्यवश, त्यहाँ थप व्यक्ति हताहत भएका छन् । अहिलेसम्म बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बढेर आठ पुगेको छ,” मस्कोद्वारा स्थापित खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्दोले टेलिग्राममा भने ।

बाढिका कारण १७ वटा बस्तीका २२ हजार २७३ घरहरू डुबानमा परेको यो पानी दश दिनसम्म निरन्तर बढ्न सक्ने उनले बताएका छन् । मङ्गलबार आएको बाढीका कारण २४३ बालबालिकासहित पाँच हजार ८०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको साल्डोले बताए ।

साल्डोले युक्रेनी सेनाले उक्त क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएका छन् । एएफपीका पत्रकारहरूले युक्रेनको नियन्त्रणमा रहेको खेर्सन शहर र आसपासका क्षेत्रमा रूसी स्थानबाट गोलाबारी भएको बताएका छन् ।

रूस र युक्रेनले निप्रो नदीमा रूसको नियन्त्रणमा रहेको बाँध भत्काउनुमा एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?