Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

फ्रेन्ड्स क्लब विजयी


२६ जेष्ठ ,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक/एक गोल गरे ।

खेलको १५औँ मिनेटमा फ्रिकिकमार्फत जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३१औँ मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७२औँ मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को अग्रता दिलाए । खेलको ८२औँ मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को जित दिलाए ।

यस जितसँगै रेलिगेसनबाट बचेको फ्रेन्ड्सले २६ खेलमा ३० अङ्क जोडेको छ । पराजित एपिएफको रेलिगेसनको खतरा कायम छ । एपिएफले २६ खेलमा ३० अङ्क जोडेको छ ।

यस जितसँगै फ्रेन्ड्सको २६ खेलबाट ३० अङ्क पुगेको छ । पराजित एपिएफको भने रेलिगेसनको खतरा कायम छ । समान ३० अङ्क रहेको एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?