Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बजेटमा गाँजा राखिएको बारे अर्थमन्त्रीको स्पष्टीकरण – चिलिम तान्ने हाम्रो परम्परै हो


२६ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आगामी बजेटमा ल्याएको गाँजा खेतीको योजनाबारे स्पष्टीकरण दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सांसद्‍का प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले गाँजा तान्ने हाम्रो परम्परा नै भएको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो गाउँ गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो त्यो त। हाम्रो संस्कृति देखि नै चलिआएको कुरा हो। अरुले रोक भन्यो अलि अलि साहायता रोकिदिएला भनेर रोक्यौं।’

मन्त्री महतले अहिले विदेशीहरूले समेत गाँजा प्रतिबन्ध हटाएर राम्रो लाभ लिइरहेको समेत दाबी गरेका छन् । यसबारे उनले भने, ‘अहिले उनीहरुले जम्मै खोलेर मेडिसिनल प्रपोजका लागि, रिक्रेसनका लागि भनेर ठूलो विजनेश गरिराख्या छ। आफैँले छोडिसक्यो।’


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?