Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बजेटमा गाँजा राखिएको बारे अर्थमन्त्रीको स्पष्टीकरण – चिलिम तान्ने हाम्रो परम्परै हो


२६ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आगामी बजेटमा ल्याएको गाँजा खेतीको योजनाबारे स्पष्टीकरण दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सांसद्‍का प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले गाँजा तान्ने हाम्रो परम्परा नै भएको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो गाउँ गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो त्यो त। हाम्रो संस्कृति देखि नै चलिआएको कुरा हो। अरुले रोक भन्यो अलि अलि साहायता रोकिदिएला भनेर रोक्यौं।’

मन्त्री महतले अहिले विदेशीहरूले समेत गाँजा प्रतिबन्ध हटाएर राम्रो लाभ लिइरहेको समेत दाबी गरेका छन् । यसबारे उनले भने, ‘अहिले उनीहरुले जम्मै खोलेर मेडिसिनल प्रपोजका लागि, रिक्रेसनका लागि भनेर ठूलो विजनेश गरिराख्या छ। आफैँले छोडिसक्यो।’


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?