Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

साताको अन्तिम दिन कतिमा भइरहेको छ सुनको कारोबार ?


२६ जेठ, काठमाडाैँ । बिहीबार घटेर कारोबार भएको सुनचाँदी शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ थियो भने शुक्रबार बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ बढेको महासंघले जनाएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेकोमा यो दिन बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?