Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अमेरिकामा एल निनोको कारण प्रचण्ड गर्मी र प्रतिकुल मौसमको चेतावनी


२६ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् ।

भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८–१९ मा औसतभन्दा बढी तातो भएको, मौसमको सामान्य ढाँचामा परिवर्तन भएको थिया । यो अवस्था औसतमा प्रत्येक २–७ वर्षमा देखिने गर्छ ।

एनओएएका जलवायु वैज्ञानिक मिचेल लह्युरेक्सले भने, “यसको शक्तिको आधारमा, एल निनोले विश्वका केही स्थानहरूमा भारी वर्षा र खडेरीको जोखिम बढाउने जस्ता विभिन्न प्रभावहरू निम्त्याउन सक्छ ।”

उनले भने, “जलवायु परिवर्तनले एल निनोसँग सम्बन्धित केही प्रभावहरू बढाउन वा कम गर्न सक्छ । पहिले नै औसत भन्दा बढी तापक्रम अनुभव गर्ने क्षेत्रहरूमा विशेष गरी एल निनोको समयमा एल निनोले तापमानको नयाँ रेकर्डहरू निम्त्याउन सक्छ ।”

यसै साता, अस्ट्रेलियाले अल निनोले भीषण डढेलोको जोखिममा रहेको क्षेत्रमा अत्यधिक न्यानो र सुख्खा मौसम निम्त्याउने चेतावनी दिएको थियो भने जापानले एल निनोले वसन्तका लागि आंशिक रूपमा तापक्रम बढाउने बताएको थियो ।

एनओएएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गर्मीयाममा संयुक्त राज्य अमेरिकामा यो घटनाको प्रभाव कमजोर हुन्छ तर शरद ऋतुको अन्त्यदेखि वसन्त ऋतुसम्म बढी प्रतिकुल प्रभाव छोड्ने देखिएको छ ।”


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?