Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सडक दुर्घटनामा २४ यात्रीको मृत्यु


२५ जेठ, एजेन्सी । अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले बिहीबार जानकारी दिएका हुन् ।

चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको उक्त दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले  ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पुर्याइएको छ ।

युद्धग्रस्त अफगानिस्तानमा बुधबार भइको यो दोस्रो सडक दुर्घटना हो । यसअघि बुधबार बिहान मध्य बामियान प्रान्तमा भएको सडक दुर्घटनामा १४ यात्रु घाइते भएका थिए । भीडभाड भएका सडकहरूमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा अफगानिस्तानमा प्रायः घातक दुर्घटना हुने गरेका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?