Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

अलपत्र यात्रुको उद्धारका लागि एयर इन्डियाको विमान रूस पठाइने


२५ जेठ, एजेन्सी । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ ।

एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानको एउटा इन्जिनमा खराबी आएपछि मङ्गलबार रूसको सुदूर पूर्वी क्षेत्रको मगदान विमानस्थलमा अवतरण गर्न बाध्य भएको थियो ।

एयर इन्डियाका अनुसार प्रतिस्थापन विमानमा अलपत्र परेका यात्रुका लागि खाद्यान्न र अन्य आवश्यक सामग्रीहरू पनि लग्ने बताइएको छ ।

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आवश्यक नियामकीय स्वीकृतिको अधीनमा रहेर मुम्बई इन्डिया (बीओएम) बाट जीडीएक्स (मगदान–रूस) का लागि स्थानीय समय अनुसार बुधबार बिहान १३ः०० बजे उडान भर्नेछ ।”

एयर इन्डियाले प्राविधिक गडबडीको विस्तृत विवरण उपलब्ध गराएको छैन । एयर इन्डियाले भनेको छ, “दुर्गम विमानस्थलको वरिपरिको पूर्वाधार सीमिततालाई ध्यानमा राख्दै,स्थानीय सरकारी अधिकारीहरूको सहयोगमा उनीहरूको यथोचित व्यवस्थापन गरिएको छ ।”


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?