Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अलपत्र यात्रुको उद्धारका लागि एयर इन्डियाको विमान रूस पठाइने


२५ जेठ, एजेन्सी । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ ।

एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानको एउटा इन्जिनमा खराबी आएपछि मङ्गलबार रूसको सुदूर पूर्वी क्षेत्रको मगदान विमानस्थलमा अवतरण गर्न बाध्य भएको थियो ।

एयर इन्डियाका अनुसार प्रतिस्थापन विमानमा अलपत्र परेका यात्रुका लागि खाद्यान्न र अन्य आवश्यक सामग्रीहरू पनि लग्ने बताइएको छ ।

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आवश्यक नियामकीय स्वीकृतिको अधीनमा रहेर मुम्बई इन्डिया (बीओएम) बाट जीडीएक्स (मगदान–रूस) का लागि स्थानीय समय अनुसार बुधबार बिहान १३ः०० बजे उडान भर्नेछ ।”

एयर इन्डियाले प्राविधिक गडबडीको विस्तृत विवरण उपलब्ध गराएको छैन । एयर इन्डियाले भनेको छ, “दुर्गम विमानस्थलको वरिपरिको पूर्वाधार सीमिततालाई ध्यानमा राख्दै,स्थानीय सरकारी अधिकारीहरूको सहयोगमा उनीहरूको यथोचित व्यवस्थापन गरिएको छ ।”


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?