Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नेता गान्धीले भारतको छवि बिगार्न खोजेको अरोप


२४ जेठ, एजेन्सी । भारतीय जनता पार्टी (भाजपा)का एक जना नेताले काङ्ग्रेस नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेकोा अरोप लगाएका छन् ।

अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको  टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपाका प्रवक्ता एनभी सुभाषले बताएका छन् ।

नयाँ संसद् भवनमा स्थापित पवित्र राजदण्डप्रति प्रधानमन्त्री मोदीले दर्शाएको सम्मानबारे कटाक्ष गर्दै संसद्मा उहाँको मूल्यवृद्धि, बेरोजगारी, शिक्षा प्रणालीलगायत जनचासोका विषयलाई वेवास्ता गरेको टिप्पणी गरेका थिए । भाजपा प्रवक्ताले भारतीय परम्परा र संस्कृतिलाई विकृत तुल्याउन गान्धी र उनको पार्टी लागेको आरोप लगाए । देशको संस्कृतिलाई गान्धी र उनको दलले अस्वीकार गरेको उनले बताए ।

विदेशमा भारतको छविलाई बदनाम गराउने नेता गान्धीको पुरानो बानी भएकाले त्यसबाट खासै फरक नपर्ने तथा भारतीयले पनि उनलाई विश्वास गर्दैनन् भन्दै भाजपाका प्रवक्ताले प्रधानमन्त्री नरेन्द्र मोदी जन्मजात हिन्दू भएको, उनमा भारतीय संस्कृति र परम्पराको गहिरो ज्ञान भएकाले राजदण्डप्रति सम्मान प्रदर्शन गरेको बताए । नवनिर्मित संसद् भवन उद्घाटनका बेला त्यहाँ स्थापित धार्मिक मान्यताका निधि तथा राजदण्डलाई प्रधानमन्त्री मोदीले साष्टाङ्ग दण्डवत गरेका थिए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?