Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौतामा सिटिजन्स बैंक र हिमालयन क्यापिटलले गरे हस्ताक्षर


२४ जेठ, काठमाडाैँ । हिमालयन क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ऋणपत्र बिक्री गर्नका लागि हिमालयन क्यापिटल लिमिटेड नियुक्त गरेको हो।

बैंकले मूल्य १ हजार दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । जसको जम्मा मूल्य ३ अर्ब नेपाली रूपैयाँ हुनेछ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तको सम्झाैतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।

देशभर सिटिजन्स बैंकका १८३ वटा शाखा रहेका छन् । त्यस्तै, तीन वटा विस्तारित शाखा समेत रहेको बैंकले १४० वटा एटिएम बुथ, ६ कियोस्क सर्भिस तथा ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?