Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौतामा सिटिजन्स बैंक र हिमालयन क्यापिटलले गरे हस्ताक्षर


२४ जेठ, काठमाडाैँ । हिमालयन क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ऋणपत्र बिक्री गर्नका लागि हिमालयन क्यापिटल लिमिटेड नियुक्त गरेको हो।

बैंकले मूल्य १ हजार दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । जसको जम्मा मूल्य ३ अर्ब नेपाली रूपैयाँ हुनेछ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तको सम्झाैतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।

देशभर सिटिजन्स बैंकका १८३ वटा शाखा रहेका छन् । त्यस्तै, तीन वटा विस्तारित शाखा समेत रहेको बैंकले १४० वटा एटिएम बुथ, ६ कियोस्क सर्भिस तथा ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?