Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

कृषि विकास बैंक र हिमालयन बैंकबिच पिओएस मर्चेन्ट सम्झाैता, भुक्तानी प्रणाली सहज हुने दाबी


२४ जेठ, काठमाडाैँ । कृषि विकास बैंक र हिमालयन बैंक लिमिटेडबिच पिओएस मर्चेन्ट सम्झाैता सम्पन्न भएको छ। कृषि विकास बैंकको व्यवसायिक कारोबार गर्ने ग्राहकलाई लक्षित गरि दुई बैंकले यो सम्झाैता गरेका हुन् ।

कृषि विकास बैक प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हिमालयन बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झाैतासँगै कृषि बैंकले आफ्ना व्यवसायिक ग्राहकलाई मर्चेन्ट बनाई भिजा, मास्टरकार्ड, युनियन पे जस्ता नेटवर्कमा आवद्ध डेविट तथा क्रेडिट कार्ड वाहक ग्राहकहले कृषि बैंककै मर्चेन्टलाई गर्ने भुक्तानी थप सहज हुने दुबै बैंकका प्रमुख कार्यकारी अधिकृतले दाबी गरेका छन्।

त्यसैगरी यसबाट व्यवसायिक कारोबार गर्न सहज हुनुका साथै कृषि बैंकको निक्षेप परिचालनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झाैता हस्ताक्षर कार्यक्रममा कृषि बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुबेदी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख गिरीराज रेग्मी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, हिमालयन बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीलगायत अन्य कर्मचारीको समेत उपस्थिति भएका थिए।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?