Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

कृषि विकास बैंक र हिमालयन बैंकबिच पिओएस मर्चेन्ट सम्झाैता, भुक्तानी प्रणाली सहज हुने दाबी


२४ जेठ, काठमाडाैँ । कृषि विकास बैंक र हिमालयन बैंक लिमिटेडबिच पिओएस मर्चेन्ट सम्झाैता सम्पन्न भएको छ। कृषि विकास बैंकको व्यवसायिक कारोबार गर्ने ग्राहकलाई लक्षित गरि दुई बैंकले यो सम्झाैता गरेका हुन् ।

कृषि विकास बैक प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हिमालयन बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झाैतासँगै कृषि बैंकले आफ्ना व्यवसायिक ग्राहकलाई मर्चेन्ट बनाई भिजा, मास्टरकार्ड, युनियन पे जस्ता नेटवर्कमा आवद्ध डेविट तथा क्रेडिट कार्ड वाहक ग्राहकहले कृषि बैंककै मर्चेन्टलाई गर्ने भुक्तानी थप सहज हुने दुबै बैंकका प्रमुख कार्यकारी अधिकृतले दाबी गरेका छन्।

त्यसैगरी यसबाट व्यवसायिक कारोबार गर्न सहज हुनुका साथै कृषि बैंकको निक्षेप परिचालनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झाैता हस्ताक्षर कार्यक्रममा कृषि बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुबेदी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख गिरीराज रेग्मी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, हिमालयन बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीलगायत अन्य कर्मचारीको समेत उपस्थिति भएका थिए।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?